२०८० फागुन २० गते १८:३८ विकासन्युज
काठमाडौं । सामाजिक अभियन्ता बताउँने युवराज सफल र पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । त्रिवि शिक्षण अस्पतालमा नाराजुलुस र आन्दोलन गरेपछि सफल र गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ गरेर सफल र गौतमलाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी दिएको छ । चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोष्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलित बनेका थिए ।
टिचिङ अस्पतालले पोख्रेलको पोष्टमार्टम रिर्पोट परिवारलाई थाहा नदिइ चितवन पठाएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.