२०८० फागुन २१ गते १८:५७ विकासन्युज
सिङ्गापुर । सिङ्गापुरले सन् २०२६ मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्षमा पुर्याउने जनशक्ति मन्त्री तान सी लेङले सोमबार संसद्मा घोषणा गरेका हुन् ।
उनले पुनः अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पुर्याउने पनि बताएका छन् । सन् २०२३ जुनसम्ममा सिङ्गापुरका लगभग २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका थिए । कुल प्रजनन दर गत वर्ष ०.९७ मा झरेको थियो । सो प्रजनन दर देशको इतिहासमा पहिलो पटक १ अङ्कभन्दा तल झरेको थियो । रासस/सिन्ह्वा
Copyright © 2025 Bikash Media Pvt. Ltd.