बुधबार मात्रै ३ करोड ४० लाख कित्ता बोनस र २४ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

  २०७३ पुष १३ गते १८:१५     विकासन्युज

listing_shareकाठमाडौं, १३ पुस । बुधबार मात्रै ३ करोड ४० लाख ८८ हजार ६२० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन २४ लाख ४० हजार ४०७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

बुधबार ७ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । यूनिक फाइनान्सको ३ लाख ८१ हजार ७७६ कित्ता, एनआइसी एसियाको एक करोड २० लाख कित्ता र प्रभु इन्स्योरेन्सको ५ लाख ५९ हजार ४२४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै, सिटिजन बैंक इन्टरनेशनलको ७५ लाख ६ हजार ७५७ कित्ता, आइसीएफसी फाइनान्सको ११ लाख ६४ हजार ९८५ कित्ता, नेपाल बङ्गलादेश बैंकको ९७ लाख २५ हजार ४७८ कित्ता र अल्पाइन डेभलपमेन्ट बैंकको २७ लाख ४१ हजार ४०० कित्ता गरि सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृति भएको छ ।

त्यस्तै, सोही दिन तीन वटा बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सको १४ लाख ४० हजार ४०७ कित्ता, वोमी माइक्रोफाइनान्स एण्ड वित्तीय संस्थाको एक लाख ८० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, अल्पाइन डेभलपमेन्ट बैंकको बोनस सेयरका साथै ८ लाख २० हजार कित्ता हकप्रद सूचिकृत भएको छ ।

त्यसैगरि बुधबार नै पूर्णिमा विकास बैंकको ३ लाख १० हजार ८८७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.