२०८० चैत २ गते १७:१८ विकासन्युज
काठमाडौँ । ‘आईआईएमएस खेल उत्सव २०२४’ लगनखेलको सैनिक तालिम केन्द्रमा सुरू भएको छ । आईआईएमएसले आयोजना गरेको खेल उत्सव प्रतियोगितामा भलिबल, बास्केटबल, ब्याडमेन्टन, टेवलटेनिस, फुटबल लगायतका विभिन्न खेलहरू भइरहेका छन् ।
शुक्रबारदेखि सुरू भएको कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीले आफ्नो रुचि अनुसारको खेल खेलिरहेका छन् ।
कलेजले हरेक वर्ष पढाइसँगसँगै विद्यार्थीहरूलाई रिफ्रेसमेन्ट गर्न यस्ता प्रतियोगिताको आयोजना गर्ने गरेको छ । कलेजकी इन्फर्मेसन सर्पोट अफिसर प्रश्ना तामाङले विद्यार्थीलाई पढाइसँगै यस्ता खेलहरू खेलाउन पनि आवश्यक रहेको बताइन् ।
कलेजमा गएर पढ्नुमात्र ठूलो कुरा होइन, यस्ता गतिविधिले पनि विद्यार्थीको सिकाइमा फरक पार्छ,’ उनी भन्छिन्, ‘खेल उत्सवमा विद्यार्थी आफूलाई मन पर्ने खेलमा सहभागी भएर खेलिरहेका छन् ।’
उनले हरेक कलेजले गर्ने यस्ता अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको सिकाइ क्षमता बढ्ने बताइन् । यो खेल उत्सव एउटा खेल्नको लागिमात्र होइन विद्यार्थीको पढाइभन्दा बाहिर एजुकेशनल ब्रेकमा प्रतिभा देखाउने एउटा मौका पनि हो । यस्ता क्रियाकलापले पढाइसँगसँगै विद्यार्थीको माइण्ड फ्रेस हुन्छ । पढाइसँगै आफ्नो रुतिलाई कसरी अगाडि बढाउन सक्छु भन्ने विद्यार्थाीका लागि अवसर पनि हो ।
खेलकुद विद्यार्थीका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । आईआईएमएसमा बीबीएमा अध्ययनरत छात्र विद्यार्थी बिनोद लम्सालले खेलकुद विद्यार्थीका लागि महत्वपूर्ण हुने बताए । खेल उत्सवमा फुटबल खेलिरहेका विनोदले विद्यार्थीलाई पढाइ भन्दा बाहिर पनि यस्ता कार्यक्रमले फोकस गर्ने भन्दै उनी स्वास्थ्यका लागि पनि आवश्यक रहेको बताए ।
‘यो हाम्रा लागि एक्स्ट्रा करिकुलर एक्टिविटीज हो,’ उनी भन्छन्, ‘भोलि मैले यो फुटबल फिल्डमा पनि केही गर्न चाहान्छु भने ट्रेनिङ सेसन जस्तै पनि हुन्छ ।’
यस्ता कार्यक्रमम वर्षमा एक पटक भन्दा पनि हप्तामा एक पटक गर्न आश्वयक रहेको उनी बताउँछन् । कलेजकी एडमिसन अफिसर पुनम बानियाँ विद्यार्थीले पढाइभन्दा बाहेक अरू पनि केही गरुन् भन्ने उद्देश्यले विद्यार्थीलाई अवसर दिएको बताउँछिन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.