८ महिनामा ३२ ठूला उद्योग दर्ता, डेढ खर्ब बढी लगानीको प्रस्ताव

  २०८० चैत ९ गते १२:२४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा ३२ वटा ठूला उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा स्वदेशी तथा विदेशी गरेर नेपालमा २५८ वटा उद्योगहरु दर्ता भएकोमा ३२ वटा ठूलो उद्योग दर्ता भएका हुन् ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालमा ३२ वटा ठूला उद्योग, २२ वटा मझौला उद्योग र २०४ वटा साना उद्योग दर्ता भएका छन् । ती उद्योगहरुमा १ खर्ब ५५ अर्ब लगानीको प्रस्ताव गरिएको छ भने ती उद्योगहरुले १८ हजार १५३ जनालाई रोजगारी दिने प्रस्ताव छ ।

विभागका अनुसार फागुन मसान्तसम्म २५३ वटा विभिन्न कम्पनीहरुलाई विभागले नेपालमा लगानीको लागि स्वीकृति दिएको छ, जसले २९.१३ अर्ब लगानी भित्र्याउने प्रस्ताव गरेका छन् ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा २ वटा प्याटेन्ट दर्ता, ७ वटा डिजाइन दर्ता, ३ हजार ८१३ वटा ट्रेडमार्क दर्ता भएका छन् । त्यस्तै, सोही अवधिमा विभिन्न २२ वटा उद्योगहरुले प्रारम्भिक वातावरणीय परीक्षण समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.