सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त
२०८० चैत १३ गते ११:११ विकासन्युज

काठमाडौं । सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोककुमार पौडेल नियुक्त भएका छन् । चैत १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि संस्थाको उक्त पद रिक्त रहेको थियो ।

