२०८० चैत २३ गते १६:१६ विकासन्युज
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सरकारी कलेजमा पढाउने शिक्षकले निजी कलेजमा पढाउन हुने नहुने विषयमा विज्ञले गर्नुपर्ने बताएकी छन् । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलनमा बोल्दै उनले सो बताएकी हुन् ।
पत्रकारहरुले सरकारी स्कुल कलेजमा पढाउने शिक्षकहरुले निजी स्कुल/कलेजमा पढाउने वा सञ्चालन गर्ने गरेको प्रसंगको जवाफमा उनले सो विषय कस्तो हो भन्ने सन्दर्भमा विज्ञहरुले भन्नुपर्ने बताएकी हुन् ।
मन्त्री श्रेष्ठले शैक्षिक कन्सल्टेन्सी क्षेत्रमा विकराल समस्या रहेको भन्दै अधिकांश कन्सल्टेन्सीहरु नवीकरण पनि नभएको बताएकी छन् । उनले सो क्षेत्रको समस्या समाधानको लागि उद्योग मन्त्रालयदेखि अन्य मन्त्रालय लगायतका मन्त्रालयहरुपनि मिलेर काम गर्नुपर्ने बताएकी छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.