२०८० चैत २९ गते १५:४० विकासन्युज
काठमाडौं । भारत तथा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीकी पत्नी नीता अम्बानी फेरि एकपटक चर्चामा छिन् । मिडिया रिपोर्टका अनुसार उनले १२ करोडको सुपर लक्जरी कार किनेकी छन् ।
देशको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष नीतासँग करिब १ सय ६८ लक्जरी कारको संग्रह छ । यसमा मेब्याक, फेरारी, बेन्टले, मर्सिडिज बेन्ज र बीएमडब्लू कम्पनीका कारहरू पर्छन् ।
तर, अम्बानी परिवारको रोल्स रोयससँग विशेष लगाव छ । हालै अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको एउटा भिडियो सार्वजनिक भएको छ । जसमा उनी १० करोडको रोल्स रोयस कलिनन ब्ल्याक ब्याजमा दुबईको एउटा मलमा किनमेल गर्न जाँदै गरेको देखिएका थिए ।
अब नीता अम्बानीले नयाँ रोल्स रोयस फ्यान्टम भी१२ को डेलिभरी लिएको खबर आएको छ । यो गुलाबी रङको कार विशेष गरी नीताका लागि डिजाइन गरिएको हो।
मिडिया रिपोर्टका अनुसार भारतमा यो रोल्स रोयस कारको मूल्य १२ करोड भारु रहेको छ । नीताले किनेको कार विस्तारित ह्विल संस्करण हो। यो गाडीको तस्बिर इन्टरनेटमा तीव्र गतिमा भाइरल भइरहेको छ ।
यो विशेष गरी नीताका लागि अनुकूलित गरिएको छ । यसको सिटमा ‘एनएमए’ लेखिएको छ जुन नीता मुकेश अम्बानीसँग जोडिएको छ । यो कारको सबैभन्दा ठूलो विशेषता यसको रङ हो ।
सामान्यतया रोल्स रोयस कारको रङ कालो र सेतो हुन्छ तर नीताको कारलाई रोज क्वार्ट्ज पेन्ट स्किमले अर्किड मखमल इन्टेरियरले सजाइएको छ ।
कारको अगाडि रोल्स रोयसको लोगोलाई सुनौलो रङ दिइएको छ । यसमा ६।७५ लिटर क्षमताको ट्वीन टर्बो भी१२ इन्जिन छ । जसले ५७१ बीएचपीको बलियो पावर र ९०० एनएमको टर्क उत्पन्न गर्छ ।
अम्बानीको कार संग्रह
हालै यो कार मुम्बईको सडकमा सुरक्षा गाडीको दस्तासँग देखिएको थियो । मुकेश अम्बानीले गत वर्ष आफ्नी श्रीमतीलाई रोल्स रोयस कुलिनन ब्ल्याक ब्याज उपहार दिएका थिए । भारतमा यसको मूल्य १० करोड रुपैयाँ छ र यो भारतको सबैभन्दा महँगो गाडीमध्ये एक हो । यो कार भारतमा तीन जनासँग मात्रै रहेको बताइएको छ । जसमा मुकेश अम्बानी, अभिनेता शाहरुख खान र हैदरावादका व्यापारी नसीर खान पर्छन् ।
यसबाहेक मुकेशसँग बेन्टले, ल्यान्ड रोभर रेन्ज रोभर, क्याडिलैक, टेस्ला, पोर्श, फेरारी, मर्सिडीज, बीएमडब्ल्यू, अडी, लेक्सस, भोल्भो, टोयोटा लगायत धेरै कम्पनीका लक्जरी कारहरू छन् ।
अम्बानी परिवारको सुरक्षामा टोयोटा फोर्च्युनर, मर्सिडिज बेन्ज जी-क्लास, ल्यान्ड रोभर डिस्कभरी, मर्सिडीज बेन्ज भी-क्लास र एमजी ग्लोस्टर जस्ता गाडीहरू छन् र साथै टोयोटा इनोभा हाइक्रस जस्ता गाडी छन् । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.