२०८१ वैशाख ९ गते १२:५० विकासन्युज
काठमाडौं । नेक्सजेन म्यानेजमेन्टले सनिबार काठमाडौंमा ‘योंग इनोभेटर्स मिट’ कार्यक्रम सम्पन्न गरेको छ ।
नयाँ बानेश्वरको आनन्दभुमि विजनेस सेन्टरमा आयोजित कार्यक्रममा युवाहरूको सहभागिता रहेको थियो । स्टार्ट अप व्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न नेक्सजेनले यो कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रममा सहभागिहरूको स्वागत नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए । देशमा कामको प्रशस्त अवसर भएर पनि उचित जानकारीको अभावमा युवाहरू निराश भएर विदेश पलायन हुँदैछन् । सहयोगी संस्थाहरू र काम गर्न चाहने युवाहरूबीच सहजीकरण गर्न यस कार्यक्रमको आयोजना गरिएको जानकारी अध्यक्ष भट्टराईले दिए । यस्ता कार्यक्रम काठमाडौं लगायत देशका अन्य स्थानमा पनि निरन्तर गरिने बताए ।
स्टार्ट अप इनोभेसन एण्ड इन्कयुवेसन सेन्टरका अध्यक्ष डा. शम्भु पोखरेलले आर्थिक मन्दिको यस्तो प्रतिकुल अवस्थामा नेक्सजेन म्यानेजमेन्टले प्रशंशनिय कार्य गरेको छ । उनले स्टार्ट अप व्यवसाय गर्न चाहनेलाई सेन्टरले सहयोग गर्ने विश्वास दिलाए ।
कार्यक्रममा विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले लघु वित्तिय संस्थाको तर्फबाट स्टार्ट अप व्यवसाय गर्न चाहनेलाई वित्तिय श्रोतको व्यवस्था गर्न सकिने जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट कृषि विकास बैंक र नेपाल बैंकका पुर्व कार्यकारी प्रमुख देवेन्द्र प्रताप शाहले युवाहरू अघि नबढि देश नबन्ने बताए । युवाहरूले नयाँनयाँ कामको संभावना खोजि गरेर अघि बढ्नुपर्ने र नेक्सजेन म्यानेजमेन्ट जस्तो संस्थासँग सहकार्य गरि काम गर्दा सफल हुन सकिने विश्वास व्यक्त गरे ।
‘योंग इनोभेटर्स मिट’ कार्यक्रमको अध्यक्षता ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले गरेका थिए । उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै उनले बैंकहरूले जनताको निक्षेप बाट लगानी गर्नुपर्ने हुन्छ । त्यसैले संभावना भएको र कर्जा तिर्न सक्ने क्षमता भएको उद्योग व्यवसायमा मात्र लगानी गर्न सकिने जानकारी दिए ।
स्टार्ट अप व्यवसाय अधिकांश सफल हुँदैनन् । त्यसैले अध्ययन अनुसन्धान गरेर नयाँ प्रविधि र सोचका साथ टिम बनाएर काम गर्दा सफल हुने बज्राचार्यले विश्वास व्यक्त रे । साथै नेक्सजेन म्यानेजमेन्ट जस्तो अनुभवि र दक्ष संस्थामार्फत आउँदा बैंकहरूलाई लगानी गर्न सहज हुने जानकारी पनि उनले दिए ।
कार्यक्रमको अन्त्यमा नेक्सजेनका सञ्चालक सुरेश सापकोटाले सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै युवाहरूले जोखिम नलिई अगाडि बढ्न सक्दैनन् । त्यसैले संभावनाका नयाँ क्षेत्रको पहिचान गर्दै काम गर्ने साहस देखाउन आग्रह गरे । स्टार्ट अप व्यवसायी, विभिन्न कलेजका मास्टर्स तहमा अध्यानरत विद्यार्थी र नयाँ काम गर्न चाहने युवाहरूसमेत गरि सत्तरी जना भन्दा बढिको सहभागिता रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.