आर्थिक अनियमितताको आरोप झुटो भएको दाबी

  २०८१ वैशाख ३० गते १५:५१     विकासन्युज

काठमाडौं । शंकरदेव क्याम्पस प्रमुख डा. कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीले आफूहरुमाथि लागेको आर्थिक अपचलनको आरोपको खण्डन गरेका छन् ।

आईतबार यहाँ पत्रकार सम्मेलन गरी उनीहरुले भ्रष्टाचार भएको भन्ने आरोपको खण्डन गरेका हुन् । शंकरदेव क्याम्पस प्रशासन र स्ववियुमाथि क्याम्पस प्रमुख, लेखाप्रमुख र स्ववियु पदाधिकारीसँग मिलेर आर्थिक अपचलन गरेको आरोप लागेको छ ।

क्याम्पस प्रमुख डा आचार्यले आर्थिक हिनामिना र भ्रष्टाचार भइरहेको भन्ने आरोपमा आफू सहमत नरहेको स्पष्ट गरे । उनले आफू क्याम्पस प्रमुख भएर आउनुअघिको नेतृत्वको कामकारबाहीबारे जिम्मेवार हुन नसक्ने बताउँदै आफ्नो नेतृत्वमा क्याम्पसको सबै कामकारबाही पारदर्शी रहेको दाबी गरे ।

स्ववियु अध्यक्ष सुशान्त बस्नेत र सचिव मदनराज उपाध्यायले केही समूहले क्याम्पस प्रशासन र लेखा प्रमुखसँग मिलेर आर्थिक अपचलन गरेको आरोप झुटो भएको बताए । उनले स्ववियु निर्वाचनपछि आफूहरुले विभिन्न रचनात्मक र सिर्जनात्मक कार्य गर्दै आएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.