२०८१ जेठ १ गते १६:३५ विकासन्युज
काठमाडौं । अब शिक्षकको तलब मासिक रूपमा पठाउने घोषणा सरकारले गरेको छ ।
मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । हाल त्रैमासिक रूपता तलब दिइँदै आएको छ ।
यस्तै, शिक्षकको सरुवा तथा बढुवाका लागि आवश्यक संयन्त्र निर्माण गर्ने बताएका छन् ।
उनले शिक्षकलाई राजनीक दलको सदस्यता हुन नदिने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.