शिक्षण सिकाइ गुणस्तरीय बनाउन ‘एक पालिका एक स्तरीय’ कार्यक्रम

  २०८१ जेठ १ गते १७:१७     विकासन्युज

काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभुत शिक्षा प्राप्त हुने सुनिश्चित गरेको छ ।  मंगलबार सार्वजनीक गरेको नीति तथा कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकालाई वैकल्पिक अनौपचारिक शिक्षा प्रदान गर्ने उल्लेख गरिएको छ ।

प्रारम्भिक तथा बालविकास शिक्षा प्रर्णालीमा परिमार्जन गरिने छ । जेष्ठ नागरिकबाट नयाँ पुस्ताका बालिबालिका तथा युवा वर्गमा ज्ञान सीप तथा अनुभव पुस्तान्तरण गर्न आवश्यक प्रबन्ध गरिने उल्लेख छ ।

विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाइ शिक्षण सिकाइमा रहेको असमानता कम गर्न र गुणस्तरीय बनाउन एक पालिका एक स्तरीय अवधारणा कार्यान्यवनमा ल्याइने जनाइएको छ ।

विद्यालय सञ्चालन शिक्षक व्यवसथापन मौलिक भाषा तथा संस्कृती प्रवदन लगायतका विषयमा नमुना कानून, निर्देशिका तथा कार्यविधि तयार गरी स्थानीयतहलाई सहजिकरण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.