तार भूमिगत गरिएका स्थानबाट बिजुली पोल हटाउँदै प्राधिकरण, इन्टरनेटको तार हटाउन निर्देशन

  २०८१ जेठ ३ गते ९:०७     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत वितरण प्रणालीमध्ये निर्माण पूरा भएका स्थानमा रहेका पोलहरू हटाउने भएको छ ।

प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै भूमिगत विद्युत प्रणाली योजना पूरा भइसकेका उल्लेखित ठाउँका बिजुली पोलमा जडान भएका सडक बत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबल, सीसीक्यामेरालगायत संरचना र उपकरण ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक व्यवस्था गर्नु सरोकारवालालाई निर्देशन दिएको छ ।

पेप्सीकोला, जडीबुटी, लैनचौर, नारायणगोपाल चोक, चुच्चेपाटी, कलंकी, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कीर्तिपुर, सामाखुसी टाउन प्लानिङलगायतका स्थानमा भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिन भित्रमा नै सञ्चालनमा ल्याइने भएको र उल्लिखित क्षेत्रको ओभरहेड वितरण लाइन तथा विद्युतका पोलहरू क्रमैसँग हटाइने प्राधिकरणले जानकारी दिएको छ ।

‘संरचना एवं उपकरणहरु नहटाएमा प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत प्राधिकरण जिम्मेवारी नहुने व्यहोरोसमेत जानकारी गराइन्छ’, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.