२०७३ माघ २ गते १८:११ विकासन्युज
काठमाडौं, २ माघ । ग्रीन डेभलपमेन्ट बैंकले सर्वसाधारणको लागि ४०० प्रतिशत (१ बराबर ४ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय माघ २ गते बसेको बैंक संचालक समितिको बैठकले गरेको हो ।
बैंठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । बैंकले आगामी साधारणसभा यही माघ २८ गते बोलाएको छ । सो प्रयोजनको लागि बैंकको माघ १२ गतेदेखि माघ २८ गते सम्म बुक क्लोज रहने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.