२०८१ जेठ ९ गते १४:३५ विकासन्युज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेको बताएका छन् ।
बुधबार ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधनपछि सञ्चारकर्मीहरुसको प्रश्नमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले अदालतले उक्त प्रक्रिया अघि बढाउन आदेश दिएपछि नै अदालती प्रक्रियाबाट पक्राउ गरिएको स्पष्ट पारे ।
यस विषयमा बढ्ता होहल्ला गर्न जरुरी नरहेको पनि बताए । कैलाश सिरोहियासँग सरकारको नुकै शत्रुता नरहेको भन्दै उपप्रधान एवं गृहमन्त्री व्यक्तिगत रुपमा लाग्नुभयो भन्ने हल्ला मात्रै रहेको जानकारी दिए ।
‘अदालतले यो प्रक्रिया अघि बढाउ भनेपछि अदालती प्रक्रिया बुझेको छु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन । सरकारले रिसिइबी साँध्यो भन्नेकुरा गलत हो । गृहमन्त्री व्यक्तिगत रुपमा आउनुभयो भन्नकुरा मान्छेले भन्नेकुरा मात्रै हो । यो अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ, यो हल भइ नै हाल्छ’, उनले भने ।
प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाट सिरोहिया निर्दोष हुने र सहजै छुट्ने बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.