प्रतिबन्ध हटाउन आग्रह गर्दै टिकटकले सरकारलाई पुनः पठायो पत्र

  २०८१ जेठ २४ गते ९:०१     विकासन्युज

काठमाडौं । टिकटकले नेपाल सरकारलाई पुनः पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ ।

टिकटक दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिर्दोस मोत्ताकिनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक पत्र लेख्दै टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरेका हुन् ।

यसअघि गत जनवरी २२ मा प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेर टिकटक बन्द नगर्न आग्रह गरेको टिकटकले फेरि पत्र लेख्दै उक्त विषयमा  नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

टिकटकले नेपालमा बन्द गरिएको आठ महिनाको अवधिमा आफूहरूले सरकारलाई ७ पटक पत्र लेख्दै प्रतिबन्ध फुकुवा गराउन अनुरोध गरेको पनि पत्रमा उल्लेख गरेको छ।

पत्रमा भनिएको छ, ‘हाम्रो धेरै पत्राचार, अझ बढी केन्द्रीकृत र बजार प्रतिबद्धता प्रस्ताव गर्ने प्रयासहरूको बाबजुद पनि नेपाल सरकारले टिकटकलाई बन्द गर्नु र अहिलेसम्म कुनै पनि प्रतिक्रिया नदिनुले हामी अत्यन्त दुखी भएका छौं ।’

टिकटकले पत्रमा टिकटक बन्दबाट नेपालको राजस्वमा पनि ठूलो नोक्सानी पुर्‍याएको उल्लेख गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.