२०८१ जेठ २८ गते १५:३३ विकासन्युज
काठमाडौं । आज साताको दोस्रो काराेबार दिन सेयर बजार परिसूचक नेप्से ०.४२ प्रतिशतले बढेको छ ।
साेमबार नेप्से ८.९० अंकले बढेर २०८२.०९ बिन्दुमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३१४ कम्पनीको सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै आज १७९ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने ९ को स्थिर रह्यो ।
आज हाइड्रोपावर समूह सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ । हाइड्रोपावर समूहको सेयर ५०.७४ अकंले बढेर २५७७.८२ बिन्दुमा पुगेको हो । त्यस्तै हिजो सबैभन्दा धेरै बढेको होटल तथा पर्यटन समूह आज ०.९३ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै म्युचअल फण्ड ३.७४ प्रतिशतले घटेको छ ।
सोमबार कुथेली बुखेरी स्मल, त्रिशुली जलविद्युत र पिपुल्स पावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.