सीएफमोटो बाइक केयर क्याम्प सुरु

  २०८१ जेठ २९ गते १०:२२     विकासन्युज

काठमाडौं । सीएफमोटो बाइक केयर क्याम्प र जीहो व्राण्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले, कालोपुल स्थित आफ्नो अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्स सहितको सर्भिस सेन्टरमा मंगलबारदेखि ७ दिने सीएफमोटो सर्भिस केयर क्याम्प सञ्चालन गर्ने भएको छ ।

कम्पनीका अनुसार सीएफमोटो व्राण्ड युवाहरुमा लोकप्रिय रहेको व्राण्ड र कोभिड पश्चात विभिन्न कारणले यसको बिक्री तथा सेवामा केही ढिलाई भएता पनि अहिले नयाँ आधिकारिक वितरक परिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टर नियुक्त भएसँग कम्पनीले यो पहिलो वृहत सर्भिस केयर क्याम्प सञ्चालन गर्न लागेको हो ।

‘बिक्रीपछिको सेवा नै अटोमेटिक्स व्यापारको टेवा’को नारा साथ कम्पनीले सीएफमोटोका सम्पूर्ण प्रयोगकर्ताहरुलाई यसरी नै सर्भिस र स्पेयर पार्टस्को सेवा निरन्तर दिइरहने जानकारी दिएको छ ।

यस क्याम्पमा सहभागी हुने सीएफमोटो बाइकका प्रयोगकर्ताहरुले क्याम्प अवधिभर स्पेयर पार्टसमा १० प्रतिशत छुट, फ्रि-बाइक वास, लेबर केयरमा ५० प्रतिशत छुट, लुब ओयलमा ५ प्रतिशत छुट तथा हरेक दिन लक्की ड्र मार्फत सात जनाले सात दिनमा एक सालको लागि सीएफमोटोको स्पेयर पार्टस्मा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

यसका साथै गोला प्रथा मार्फत सात दिनमा आफ्ना सीएफमोटोका बाइक सर्भिसिङ गराउन आउने ग्राहकहरुमध्ये एक जना भाग्यशाली बिक्रेताले फ्रि बाइक कोटिङ गराउन सक्ने छ । सीएफमोटोको सर्भिस सेन्टर काठमाडौंको धोविखोलामा अवस्थित छ । जहाँबाट ग्राहकहरुले सीएफमोटोलगायत जीहोको पनि सर्भिस तथा पार्टसको सुविधा पाउन सक्नेछन् ।

सीएफमोटोको एनके २५०, एनके ४५०, एसआर २५० जस्ता आकर्षक तथा हाइ पर्फमेन्स बाइकहरु पुनः यस सेन्टरले नेपाली बजारमा पुनस् पहिचान गरेको छ । साथ साथै इभी टु ह्वीलर सेग्मेन्ट मै प्रिमियम र डुरेबल मानिने उच्च प्रविधि जडित जीहोका इलेक्ट्रिक स्कुटर एइ ६ र एई६ प्लस एलआर तथा एई८ मोडलहरु पनि यसै ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आफ्नो नक्साल, झम्सिखेल तथा सल्लाघारी स्थित शोरुमहरुबाट बिक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.