मेगा र टुरिजम् डेभलपमेन्ट बैंकबीच मर्जरको सैद्धान्तिक सहमति, मेगाको १३ प्रतिशत र टुरिजमको १८ प्रतिशत बोनस शेयर यथावत

  २०७३ माघ ७ गते १४:१३     विकासन्युज

काठमाडौं, ७ माघ । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक बीच एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा माघ ६ गते सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र टुरिजम् डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरुको रोहवरमा सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

megha_tourism

मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहका अनुसार मर्जर पश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहनेछ । “अन्तिम शेयर आदान प्रदान अनुपात (डीडीए) प्रतिवेदनको आधारमा फरक पर्न सक्ने गरी हाललाई मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको शेयर आदान प्रदान अनुपात १०० : ९५ तय गरिएको छ । साथै मेगा बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले नै मर्जर पछिको संस्थामा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको रुपमा निरन्तरता पाउने छन् ।

मेगा बैंकको हालको चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ छ भने १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या ४० तथा ४७ वटा एटिएमहरु रहेको छ । टुरिजम् डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी ९१ करोड ९७ लाख रुपैयाँ छ भने १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएमहरु रहेको व्यहोरा मेगा बैंकका सिईओ अनिल केशरी शाहले बताए ।

आगामी साधारण सभाले स्वीकृत गरेको खण्डमा मेगा बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७२/७३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीमा १३.९५ प्रतिशत बोनस शेयर जारी गर्ने सिफारिश गरेको उनले बताए । साथै टुरिजम् डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजी ९१ करोड ९७ लाखमा १८.६० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । दुबै बैंकले प्रस्ताव गरेकाे बाेनस सेयर यथावत रूपमा रहने शाहले बताए । सिईओ शाहले दुबै बैंकको शेयर रोक्काको प्रकृया अघि बढाईएको र यथाशिघ्र नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गराइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.