हुलास फिनभर्स हायर पर्चेजले सर्वसाधारणमा आईपीओ जारी गर्ने

  २०८१ जेठ ३२ गते ७:३१     विकासन्युज

काठमाडौं । हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ ।

आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असार १६ गते विशेष साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा सुरु हुनेछ ।

सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, नयाँ संस्थापकहरूमा बढीमा ३ करोड रुपैयाँबराबरको थप संस्थापक सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थापक सेयर जारी पश्चात सर्वसाधारणका लागि छुट्याइएको शेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ विधिमार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.