२०८१ असार ६ गते १२:०७ विकासन्युज
काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्सले बिहीबार काठमाडौं-भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ ।
क्यानाडामा निर्मित क्यू ४०० ड्यास ८ जहाजबाट पहिलो पटक परीक्षण उडान गरिएको प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।
श्री एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको हो ।
श्रीको ८० सिट क्षमताको क्यु ४०० नामक जहाजबाट भरतपुर परीक्षण उडान भएसँगै अब यसले नियमित उडान गर्ने भएको छ ।
श्रीको परीक्षण उडान समापनसँगै नियमित उडानको बाटो खुलेको छ। योसँगै भरतपुर विमानस्थलमा बुद्ध एयरको एकाधिकार तोडिनेछ । गुण एयरलाइन्सले उडान बन्द गरेसँगै बुद्ध एयरले मात्र भरतपुरमा उडान भर्दै आएको थियो ।
अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गर्दछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.