२०८१ असार ११ गते ९:३७ विकासन्युज
जापान । जापान कुनैपनि समय अस्थिर मुद्रा चालहरू विरुद्ध उपयुक्त कदम चाल्न तयार रहेको देशको शिर्ष मुद्रा कूटनीतिज्ञले बताएका छन् । येन अमेरिकी डलरको तुलनामा १६० रेखाको नजिक पुगेको छ ।
अन्तर्राष्ट्रिय मामिलाका लागि उप अर्थमन्त्री मासातो कान्डाले येनको अत्यधिक उतारचढावले अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी दिए । कुनैपनि समयमा उपयुक्त कारबाही गर्न तयार रहेको बताए ।
बैंक अफ जापानले यस महिनाको जुलाईको बैठकसम्म बन्ड खरीद प्रोत्साहन घटाउने निर्णय गरेपछि येनको कमजोरी कायम छ । येन सोमबार प्रारम्भिक व्यापारमा प्रतिअमेरिकी डलर १५९.९४ मा कमजोर भयो ।
यो अप्रिल २९ पछिको सबैभन्दा कम हो । कान्डाले डलरको तुलनामा येनको मूल्य १६० मा आएको गिरावटले येन खरिद गर्ने, डलर बेच्ने कार्यको अर्को चरण आउन सक्ने भन्दै बजारमा सतर्कता बढाएको बताए ।
जापानी अधिकारीहरूले कहिले हस्तक्षेप गर्ने भन्ने बारे कुनै खास येन स्तरहरू दिमागमा नभएको कुरालाई ध्यानमा राख्दै कान्डाले मुद्रा चालहरू स्थिर हुनुपर्ने बताए । अप्रिल २९ मा जब येनले प्रतिअमेरिकी डलर १६०.२४५ को ३४ वर्षको न्युन बिन्दुमा पुगेको बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.