खस्कियो एसईईको नतिजा, पासभन्दा फेल बढी

  २०८१ असार १३ गते १५:४४     विकासन्युज

काठमाडौं । यस पटक राष्ट्रिय परीक्षा बाेर्डले एसईईका विद्यार्थी पास फेल भएको प्रष्ट पारेको छ । लेटर ग्रेडिङ लागु भएको ९ वर्षपछि एसईई परीक्षा दिएका विद्यार्थीले पहिलो पटक अघोषित पास फेल उल्लेख भएको सावर्जिनक गरेको हो ।

बाेर्डले २०८० सालको एसईई परिक्षा सार्वजनिक गर्दै विद्यार्थी फेल र पास भएको प्रष्ट जानकारी गराएको हो । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । याे भनेकाे २ लाख २२ हजार ४७२ जना हो । नियमिततर्फ २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

उत्तीर्ण भएकामध्ये १८६ जनाले ४ जीपीए ल्याएका छन् । परीक्षामा सहभागी भएकामध्ये ५२. १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनु पर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको छ । विगतको तुलनामा एसईईको नतिजा यस पटक नतिजा खस्किएको छ ।

२०७२ सालयता विद्यार्थी ग्रेडअनुसारको विषय पढ्न पाउने व्यवस्था थियो ।

कति ल्याए जीपीए ?

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ६ जनाले २ जीपीएसम्म ल्याएका छन् । २ हजार ९५० विद्यार्थीले २ देखि २.४० जीपीए ल्याएका छन् । यस्तै, ४१ हजार १७७ जना विद्यार्थीले २.४० देखि ३.८० जीपीए ल्याएका छन् ।

यस्तै, ७८ हजार ८७४ जना विद्यार्थीले २.८० देखि ३.२० जीपीए ल्याएका छन् भने ६८ हजार २५६ जना विद्यार्थीले ३.२० देखि ३.६० प्रतिशत जीपीए ल्याएका छन् ।

बोर्डका अनुसार ३१ हजार २०९ जनाले ३.६० देखि ४ जीपीए ल्याएका छन् ।

१ लाख १५ हजारले परीक्षा दिन पाउने

ननग्रेड ल्याउने मध्ये दुई विषयमा अनुतिर्ण भएर अबको एक महिनाभित्र सञ्चालन हुने परिक्षा सहभागी हुन पाउने छन् । त्यसमा १ लाख १५ हजार ८ सय ३४ छ ६७ हजार ७ सय ९३ विद्यार्थी एक विषयमा अनुतिर्ण भएका छन् भने ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुर्तीण भएका छन् । उनीहरूले एक महिनापछि अथवा साउन १८ र १९ गते हुने मौका परिक्षा दिन पाउने छन् ।

अन्य समूहका ४ जना पास

एसईईमा महिला र पुरुषबाहेक अन्य समूहका १२ जना सहभागी भएकोमा ४ जना मात्र उत्तीर्ण भएका छन् भने ८ जना फेल भएका छन् ।

बोर्डका अनुसार जीपीए २.४० देखि २.८०, जीपीए २.८० देखि ३.२०, जीपीए ३.२० देखि ३.६० र जीपीए ३.६० देखि ४.०० ल्याएर १–१ जना गरी ४ जना उत्तीर्ण भएका हुन् ।

२ सय २० जनाको परिक्षा रद्द

२०८० सालमा एसईई दिएका २ सय २० जनाको परिक्षा रद्द भएको छ । बाेर्डका अनुसार भोजपुर १, सप्तरी १सय ५४, सर्लाही ६, धनुषा ४, खोटाङ ३, महोत्तरी ३९,रौतहट, दैलेख १, १, बारा, बझाङ, इलाम, काभ्रे २,२ र जाजरकोटमा ३ जनाको गरी विभिन्न १३ जिल्लाका २ सय २० जनाको परिक्षा रद्द भएको छ ।

कुन विषयमा कति एनजी ? 

बाेर्डका अनुसार २ लाख ४२ हजार ३ सय १३ विद्यार्थीको नतिजा नन ग्रेड अर्थात् एनजी आएको छ ।

बाेर्डका अनुसार गणितमा एक लाख ७७ हजार नौ सय ८५ जना, विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ जना, अंग्रेजीमा एक लाख एक हजार तीन सय ८३ जना र सामाजिकमा ७३ हजार आठ सय ७७ जना विद्यार्थीकाे नन ग्रेड अर्थात एनजी देखिएकाे छ ।

यस्तै, नेपालीमा ६९ हजार पाँच सय ३२ जना, अर्थशास्त्रमा ६९ हजार चार सय १६, ऐच्छिक गणितमा २० हजार तीन सय ५२काे एनजी देखिएकाे छ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिना पछि हुने पूरक परीक्षामा सामेल हुन पाउने छन् । पुरक परीक्षा साउन १८ र १९ गतेलाई तोकिएको छ ।

प्रदेशगत नतिजा

बाेर्डका अनुसार कर्णाली प्रदेशमा कुल ३५ हजार ३४ विद्यार्थी सहभागी भएकाेमहा २० हजार ३ सय ८० जना विद्यार्थी  अनुतीर्ण भएका छन् ।सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ६ सय ४ सय ४६ जना विद्यार्थी सहभागी भएकाेमा ३६ हजार ४ सय १० जना अनुतीर्ण र गण्डकी प्रदेशबाट ४० हजार ५२६ जना सहभागी भएकाेमा २० हजार २७५ जना अनुतीर्ण भएका छन् ।

यस्तै, लुम्बिनीबाट ८० हजार ३२७ सहभागी भएकाेमा ४९ हजार २२४ जना फेल भएका छन् भने मधेश ७९ हजार ५९२ जना सहभागी भएकाेमा ४२ हजार २८६ जन विद्यार्थी फेल भएका छन् ।

बागमतीबाट ९९ हजार ८७२ सहभागी भएकाेमा ३३ हजार ८४२ फेल र कोशीबाट ७५ हजार ९८८ जना सहभागी भएकाेमा ३९ हजार ८९५ जना फेल भएका छन् । 

चित्त नबुझे निवेदन दिन मिल्ने

बिहीबार सार्वजनिक भएको एसईई परिक्षाको नतिजामा चित्त नबुझे निवेदन दिन सकिनेछ । यसका लागि नतिजा प्रकाशन भएको दिनदेखि १५ दिन भित्र निवदेन दिइसक्नुपर्ने छ ।

नतिजा नखुलेमा,नम्बर नदेखाएमा , अनुपस्थित देखिएमा पनि निवेदन दिन सकिने बोर्डले जनाएको छ । यसका लागि विद्यार्थीले अनलाईनमार्फत नै निवेदन दिन सक्ने व्यवस्था रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.