चीनको हुनानमा बाढी रोकथामका लागि ड्रोन प्रयोग

  २०८१ असार १७ गते १०:५१     विकासन्युज

काठमाडौं । मध्य चीनको हुनान प्रान्तको जिजियाङ नदीमा बाढी रोकथामका लागि ड्रोनको प्रयोग गरिएको छ । नदीमा पाँच दिनमा तीन पटक बाढी आएपछि बाढी नियन्त्रणमा चुनौती थपिएको हो ।

अनहुआ काउन्टीमा स्थानीय अधिकारीहरूले नदीको किनारमा बाढी रोकथाममा ड्रोन प्रयोग गरेका छन् । मानव गस्तीको तुलनामा, ड्रोन गस्ती छिटो भएकाले प्रयोग गर्नुपरेको बताए ।

जिजियाङ नदीको काउन्टी–सीट खण्डमा गस्ती गर्न ड्रोनलाई मात्र २० मिनेट लाग्छ । जसले छोटो समयमा सम्भावित खतराहरू पहिचान गर्न सक्षम बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.