काञ्जीरोवा नेसनल माध्यामिक विद्यालय २७औं वर्षमा प्रवेश

  २०८१ असार १७ गते १८:०७     विकासन्युज

काठमाडौं । काञ्जीरोवा नेसनल माध्यामिक विद्यालय २७औं वर्षमा प्रवेश गरेको छ । विंस. २०५५ सालमा स्थापना भएको काठमाडौं डोन बोस्को उच्च माध्यामिक विद्यालयको नाम परिवर्तन गरी काञ्जीरोवा नेसनल माध्यामिक विद्यालयमा रूपान्तरण गरिएको विद्यालयले जनाएको छ ।

उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । बालबालिका केन्द्रित शैक्षिक अभ्यासद्वारा युगसापेक्ष, अनुसन्धानमूलक र व्यावहारिक बन्न उनीहरूलाई प्रेरित गर्नु विद्यालयको उद्देश्य रहेको विद्यालयले बताएको छ । साथै, विद्यार्थीलाई मानवीय मूल्य, मान्यता, खुलापन एवम् विविधताको बोधसहित सचेत र असल बन्न अग्रसर गराउनु रहेको पनि विद्यालयको भनाइ छ ।

२७औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विद्यालयले सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभ चिन्तकप्रति आभार व्यक्त्त गरेको छ । त्यस्तै, विद्यालयको सञ्चालक सदस्यहरुमा अम्बिकाप्रसाद पौडेल, केदार कार्की, रत्नबहादुर खड्का, राजेन्द्रविक्रम पौडेल, महेन्द्र खनाल र रन्जित थापा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.