२०८१ असार १८ गते १३:२० विकासन्युज
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कन्सल्टेन्सी तथा भाषा शिक्षण सञ्चालन गर्ने संस्थाहरू नवीकरणका लागि आवेदन माग गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा तथा भाषा शिक्षण सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरूलाई नवीकरण गर्न आवेदन आह्वान गरेको हो ।
यी संस्थाहरूले नवीकरणका लागि अनलाइनमार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । पहिलो चरणमा १६ असारदेखि ५ साउनसम्म संस्थाहरूले भरेका विवरण ६ साउनदेखि १२ सम्म भेरिफिकेसन कार्य मन्त्रालयले गर्नेछ ।
सूचनामा उल्लेख गरिएअनुसार उक्त सूचना भेरिफिकेसन भएपछि २७ साउनसम्म संस्थाहरुले इमेलमार्फत कागजात पेस गर्नुपर्ने हुन्छ ।
नवीकरणवापत प्रतिवर्ष ३ हजार रुपैयाँ मन्त्रालयको नाममा बैंकमा जम्मा गर्नुपर्ने जारी सूचनामा उल्लेख छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.