२०८१ असार १९ गते १०:५३ विकासन्युज
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विनोद आचार्य नियुक्त भएका छन् ।
असार १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई साउन १ गतेबाट लागू हुने गरी आगामी ४ वर्षको लागि सीईओ पदमा पुन: नियुक्त गरिएको कम्पनीका सचिव देवकर कार्कीले जानकारी दिए ।
विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन संकायमा एमपीए तथा एमबीए गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.