२०८१ असार २० गते १८:५१ विकासन्युज
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले बिहीबार अदालत उपस्थित गराउँदै दोस्रो पटक अनुसन्धानका लागि म्याद मागेको थियो ।
संगठित अपराधमा अनुसन्धान गरिरहेकाले ६० दिनको हदम्यादमा यो दोस्रो पटक थुनामा राख्ने अनुमति अदालतले दिएको हो । झा गत शुक्रबार पक्राउ परेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.