उर्लियो बागमती, युएन पार्क करिडोर क्षेत्र डुबानमा (तस्बिरहरू)

  २०८१ असार २२ गते १५:२३     विकासन्युज

काठमाडौं । गएरातिदेखिको लगातार वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेको छ ।

बागमती नदीमा पानीको बहाब बढ्दा ललितपुरको युएन पार्क क्षेत्रको बागमती नदी किनाराका संरचनाहरू डुबेका छन् ।

युनिएन पार्क करिडोरमा रहेको पाँचतले बिल्डिङभित्र पनि पानी पसेको छ । त्यहाँ पार्क गरेका राखिएका मोटरसाइकल पनि डुबेका छन् ।

यहाँका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ।
काठमाडौं उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला,  जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.