सम्पदा लघुवित्तले असार ३० गतेदेखि कारोबार सुरु गर्ने

  २०८१ असार २४ गते १०:३६     विकासन्युज

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले असार ३० गतेदेखि कारोबार सुरु गर्ने भएको छ । साधना लघुवित्त र सबैको लघुवित्त संस्था एक आपसमा मर्ज भई आगामी असार ३० गतेदेखि सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले सम्पदा लघुवित्त वित्तीय संस्थालाई अनुमति दिएको हो । मर्जरपश्चात् लघुवित्तको चुक्ता पुँजी ७० करोड रुपैयाँ हुनेछ । यस्तै लघुवित्तमा कृष्ण बहादुर थापा सञ्चालक समिति अध्यक्ष र केशब कुमार पौडेल प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नेछन् ।

एकीकृत कारोबार प्रयोजनका लागि डाटा माईग्रेशन गर्नुपर्ने भएकाले असार २९ गते एक दिनका लागि दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण सेवा बन्द रहने संस्थाले जनाएका छन् ।

साधना र सबैको लघुवित्तबीच वि.सं २०८० भदौमा एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो भने गत बैशाख १२ गते अन्तिम सम्झौता भएको थियो ।

दुबै संस्था समान सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपछि लघुवित्तको केन्द्रीय कार्यालय चितवनमा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.