सिन्धु विकास बैंकको अध्यक्षमा २ साता पनि टिकिनन् निभा, दामोदर सुवेदी चयन

  २०८१ असार २४ गते ११:१९     विकासन्युज

काठमाडौं । गत असार १३ गते सिन्धु विकास बैंकको अध्यक्षमा निभा डंगोल श्रेष्ठ चयन भइन् । बैंक सञ्चालक समितिको असार १३ गते बसेको ४३२औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गर्याे ।

राजेन्द्र कुमार श्रेष्ठ बैंकको अध्यक्ष तथा संचालक पदमा वहाल नरहेपछि निभा डंगोल श्रेष्ठलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यसअघि बैंकको अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ थिए ।

तर, २ साता नपुग्दै सञ्चालक समितिले निभा डंगोल श्रेष्ठलाई हटाएर अर्काे व्यक्तिलाई अध्यक्ष बनाएको छ । बैंकको असार २२ गते बसेको ४३३औँ बैकठले दामोदर प्रसाद सुवेदीलाई बैंकको अध्यक्ष बनाउने निर्णय गरेको छ । सुवेदी कर्मचारी संचय कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.