२०८१ असार २४ गते १३:२३ विकासन्युज
काठमाडौं । कपडा धुने र मेसिनभित्रनै सहजै सुक्ने प्रविधियुक्त ‘वासर एन्ड ड्रायर वासिङ मेसिन’ सीजीले उपलब्ध गराएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले यो वासिङ मेसिन बजारमा ल्याएको सीजीले जनाएको छ ।
उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाणुहरुलाई नाश गरि, हिट पम्प ड्राइङ टेक्नोलोजी मार्फत सहजै सुकाउन मिल्ने कम्पनीको भनाइ छ ।
सीजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ । जुन बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैको सीजी स्टोरहरू वा अनलाइनबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.