२०८१ असार २६ गते ११:३४ विकासन्युज
काठमाडौं । दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल गरेका छन् ।
तलब र अन्य सुविधा वृद्धिको माग गर्दै युनियनले ५५ वर्षमा पहिलो पटक हड्तालको घोषणा गरेका हो । नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) ले तीन दिने आम हडतालको अन्तिम दिन यस्तो घोषणा गरेको हो ।
आफ्ना माग सुनुवाइ गर्न तयार व्यवस्थापन तयार नभएपछि हडतालजस्तो अप्रिय निर्णय लिन बाध्य भएको युनियनको भनाइ छ ।
सामसुङले भने तत्काल यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
‘पहिलो आम हड्तालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले हामी जुलाई १० गतेदेखि दोस्रो अनिश्चितकालीन आम हड्तालको आह्वान गर्दछौँ,’ युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा उललेख छ ।
एनएसईयूले दक्षिण कोरियामा सामसङ इलेक्ट्रोनिक्स कामदारहरूको एक चौथाई प्रतिनिधित्व गर्दछ । युनियनको हडतालले उत्पादन अवरुद्ध भएको दाबी गरिएको छ । तर, कम्पनीले यो दाबीलाई अस्वीकार गरेको छ ।
गत महिना युनियनले कम्पनीमा पहिलो पटक हडताल गरेको थियो । कम्पनीको करिब ५५ वर्षको इतिहासमा हडताल भएको यो पहिलो पटक हो ।
सामसङ इलेक्ट्रोनिक्स मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजनहरूको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हो । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.