एमएडब्लु इन्टरप्राइजेजको अल्पकालीन ऋण रेटिङ स्थगन

  २०८१ असार २६ गते १८:५६     विकासन्युज

काठमाडौं । नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले मोरङ अटो वर्क्स (एमएडब्लु) इन्टरप्राइजेज प्रालिको अल्पकालीन ऋण रेटिङ स्थगन गरेको छ ।

एमएडब्लुले आग्रह गरेपछि उसको अल्पकालीन ऋण रेटिङ स्थगन गरिएको इक्राले जनाएको छ । एमएडब्लुले ४ अर्ब २१ करोड रुपैयाँबराबर अल्पकालीन ऋणको रेटिङ गराएको थियो । इक्राले यो अल्पकालीन ऋणलाई ‘ए थ्री प्लस’ रेटिङ दिएको थियो ।

इक्राका अनुसार एमएडब्लुलाई ऋण उपलब्ध गराउने प्रमुख बैंकहरूले पनि यसमा कुनै आपत्ति जनाएका छैनन् । रेटिङ स्थगन गर्दा मूल्यांकन संवेदनशीलता र वित्तीय सूचक समेटिएका छैनन् ।

एमएडब्लु सन् १९७५ देखि नेपालका लागि यामाहाको मोटरसाइकल र स्कोडा गाडीको आधिकारिक वितरक हो । यसको आधिकारिक कार्यालय मोरङ विराटनगरमा छ । यामाहा मोटरसाइकल बेच्न यसको देशभरि १ सय ४ वटा डिलर छन् ।

एमएडब्लु इन्टरप्राइजेज एमएडब्लु ग्रुपअन्तर्गतको कम्पनी हो । यसको प्रबन्ध निर्देशकमा विष्णुकमार अग्रवाल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.