डिम्याट खाता नवीकरण गर्न लक्ष्मी सनराइज क्यापिटलको आग्रह

  २०८१ असार २७ गते ८:३५     विकासन्युज

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले आफ्ना सेवाग्राहीलाई डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

कम्पनीले साविक लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एकाअपसमा गाभिएर बनेको लक्ष्मी सन्राइज बैंकका कार्यालयमार्फत चालू आर्थिक वर्ष ०८०/०८१ सम्म डिम्याट खाता खोलेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्कबापत प्रत्येक आर्थिक वर्षको १०० रुपैयाँका दरले नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

कम्पनीका अनुसार खातावालाहरूले सनराइज क्यापिटल वा लक्ष्मी सनराइज बैंकमध्ये आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा सम्पर्क राखी नवीकरण शुल्क बुझाउन सक्ने छन् ।

खातावालाले नवीकरणबापतको शुल्क फोनपे, क्युआर, खल्ती, कनेक्ट आईपीएस, इसेवा तथा मेरो शेयर ड्यासबोर्डमार्फत बुझाउन सक्नेछन्।

त्यस्तै, कम्पनीले अघिल्लो आर्थिक वर्षको वार्षिक शुल्क बुझाउन बाँकी रहेका खातावालाको खाता रोक्का हुने भएकाले सो शुल्कसमेत बुझाइ खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

यस्तै, सनराइज क्यापिटलमा हितग्राही खाता खोली धितोपत्र कारोबार गरेका कतिपय खातावालाले हालसम्म पनि केवाईसी अद्यावधिक नगरेकाले अद्यावधिक गराउन समेत कम्पनीको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.