स्क्वायर मोटर्सले उद्घाटन गर्यो पोखरामा टीभीएसको नयाँ शोरूम

  २०८१ असार २७ गते १०:१८     विकासन्युज

काठमाडौं । स्क्वायर मोटर्सले पोखरामा नयाँ टीभीएस शोरूम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुमको उद्घाटन पोखरा महानगर प्रमुख धनराज आचार्यले गरेका थिए ।

स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कूटरको आवश्यकता पूरा गर्ने उद्देश्य राखेको कम्पनीको भनाई छ । कम्पनीले विभिन्न मोडलका मोटरसाइकल र स्कुटर उपलब्ध गराउनुको साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भारमा पनि उत्कृष्ट सेवा दिने स्क्वायर मोटर्सका सञ्चालकहरू बिनोज पोते र आदर्शमान श्रेष्ठले बताए ।

जगदम्बा मोटर्सले टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको आधिकारिक वितरकको रुपमा काम गर्दै आएको छ । कम्पनीसँग देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जाल रहेको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.