२०८१ असार ३० गते ७:२९ विकासन्युज
काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । शनिबारदेखि लागु हुने गरी नयाँ समर्थन मूल्य तोकिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए ।
नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रतिक्रेटको मूल्य ४९० रुपैयाँ तोकिएको उनले बताए । त्यस्तै, ठूलो अण्डा प्रतिक्रेटको मूल्य ५१० रुपैयाँ र एक्सएल अण्डा प्रतिक्रेट ५३० रुपैयाँ कायम गरिएको छ ।
संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.