२०८१ साउन १ गते १६:०७ विकासन्युज
काठमाडौं । सिटिजन्स बैंकको ८.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक भएको छ । बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत घर बानाउने ग्राहकका लागि ८.९९ प्रतिशतमा कर्जा दिने योजना सार्वजनिक गरेको छ ।
बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको हो ।
बैंकका अनुसार यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ वर्ष सम्म स्थिर रहने छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरि ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी गराए । यस आकर्षक योजनामा सहभागी हुनको लागी नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनैपनी शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सक्नेछन् ।
यस घर कर्जा सुविधा उपभोग गर्ने ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको बैंकले बताएको छ ।
बैंकले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिदै आएको छ । बैंकले कर्मचारीको वृद्धि विकासको लागि सात वटै प्रदेशमा रहेको बैंकको आफ्नै भवनमा लर्निङ सेन्टर आरम्भ गरेर काम गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.