विमान दुर्घटनाबारे बुझ्न गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरू घटनास्थलमा

  २०८१ साउन ९ गते १२:२१     विकासन्युज

काठमाडौं । सौर्य एयरको विमान दुर्घटनापछि गृहमन्त्री रमेश लेखकसहित सुरक्षा प्रमुखहरू विमानस्थल पुगेका छन् ।

गृहमन्त्री लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलगायत विमानस्थल पुगेका हुन् ।

काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो ।

चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.