विमान दुर्घटनापछि बन्द भएको त्रिभुवन विमानस्थल खुल्यो

  २०८१ साउन ९ गते १३:२८     विकासन्युज

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुधबार सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो ।

बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो । जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो ।

जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.