२०८१ साउन १० गते १७:२३ विकासन्युज
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई नियुक्त गरेकाे हो ।
उनी चैत २०८०मा योजना आयोगको सदस्य नियुक्त भएका थिए ।
उनले डा. डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगमा सदस्यका रुपमा काम गरेका थिए । त्यसअघि राष्ट्रिय योजना आयोगको वरिष्ठ सल्लाहकार र अन्तरसरकारी वित्तीय परिषद्को सदस्यको रूपमा काम गरिसकेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.