सानिमा जिआईसीका केही संस्थापक बाहिरिँदै

  २०८१ साउन ११ गते ६:३७     विकासन्युज

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सका केही संस्थापक सेयरधनी बाहिरिने भएका छन् । इन्स्योरेन्स कम्पनीमा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर केही संस्थापक बाहिरिने भएका हुन् ।

कम्पनीका अनुसार केही संस्थापकले आफ्नो नाममा कायम सेयर बिक्री गर्न चाहेकाले १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले उक्त सेयरको बिक्री मूल्य सार्वजनिक गरेको छैन ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिभित्र आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.