अब कृषि उपज धितो राखेर पनि ऋण लिन पाइने
२०८१ साउन ११ गते १३:१२ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्था गरेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् ।
उनले नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेखित कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने बताएका हुन् ।