राष्ट्र बैंकले जारी गर्याे स्वाप कारोबार विनियमावली, डलर कारोबारलाई मात्रै मान्यता

  २०८१ साउन १३ गते १८:२५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली २०८१ जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न स्वाप कारोबार विनियमावली २०८१ जारी गरेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्चालक समितिले विभिन्न विनियमहरू तयार पारेको बताइएको छ । विनियमावली अनुसार अब राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले स्वाप कारोबार गर्न पाउने छन् ।

बैंकहरूले विदेशबाट भित्र्याएको भारतीय रुपैयाँ बाहेकको विदेशी मुद्रामा उल्लेख भएको ऋणको विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने डेरिभेटिभ उपकरणका कारोबारलाई ‘स्वाप कारोबार’ का रूपमा लिइएको छ । यस्ता कारोबारमा पहिलो र दोस्रो चरणका कारोबार मिति, रकम र विदेशी विनिमय दर लगायतका विषय स्वाप कारोबारको बोलकबोल मितिमा नै तय गर्ने र तोकिए बमोजिम राफसाफ गरेको हुनुपर्छ ।

विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंक र काउण्टरपार्टी बीच ‘खरिद–बिक्री अमेरिकी डलर तथा नेपाली रुपैयाँ स्वाप’ कारोबार गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.