त्रिभुवन विश्वविद्यालयको बजेट २६ अर्ब १६ करोड

  २०८१ साउन १५ गते १४:२६     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८१/८२ का लागि २६ अर्ब १६ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार कीर्तिपुरमा विश्वविद्यालयको साधारण सभा बैठक (सिनेट) बसेको थियो ।

सभामा त्रिवि रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बजेट तथा कार्यक्रम प्रस्तुत गरे । विश्वविद्यालयका अनुसार नियमित कार्यक्रमतर्फ चालु र पुँजीगत गरी १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार खर्च हुनेछ ।

आन्तरिकतर्फ चालु तथा पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख र विकास कार्यक्रममा १ अर्ब खर्च हुने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका अनुसार नियमित कार्यक्रममा हुने कुल खर्चमध्ये आन्तरिक आम्दानीबाट १ अर्ब ५७ करोड ६१ लाख ७० हजार बेहोर्ने र बाँकी १२ अर्ब १४ करोड ३६ लाख विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारसँग अनुदान माग गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.