२०८१ साउन १५ गते १९:०२ विकासन्युज
काठमाडौं । कुनै बेला पानी जहाज र रेलको भाषण दिएर चर्चामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले अझैं पनि सो विषयलाई उठान गरिरहेका छन् । प्रधानमन्त्री ओलीले पानी जहाज र रेलका लागि अब टिकट काट्न तयार रहनुस्, रेल र पानीजहाज हामी जसरी पनि ल्याउँछौ भन्ने भाषणले निकै चर्चा पाएको थियो । त्यो चर्चापछि उनलाई धेरै ‘गफाडी’ नेताको संज्ञा पनि दिए ।
अहिले पुनः ओलीले सोही विषय अगाडि सारेका छन् । मंगलबार सिंहदरबारमा मन्त्रीहरूसहित सचिवहरूलाई राखेर प्रधानमन्त्री ओलीले निर्देशन दिँदै सो विषयमा आफ्नो धारणा राखेका छन् । उनलेका भनेका छन्, ‘रेल र पानीजहाज चलाउने हाम्रो योजना छ, रेलका लागि जनताको माग छ । हाम्रो प्राथमिकता यसमा रहनेछ ।’
उनले हवाइ र सवारी दुर्घटनाका घटनाहरू भइरहे पनि रेल र पानी जहाज उत्तम साधन भएको धारणा राखेका छन् ।
सचिवहरूलाई निर्देशन दिने क्रममा डेढ घण्टा भन्दा बढी समय बिताएका प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन हुनुपर्ने कारणदेखि सरकारले जनतालाई दिने सेवा सुविधा, विकास निर्माण र सुशासनबारे अर्थ्याएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.