२०८१ साउन १७ गते १५:१४ विकासन्युज
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिषरत्न शाक्य डिस्चार्जको तयारीमा रहेका छन् ।
उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको काठमाडौं मेडिकल कलेज (केएमसी) ले जनाएको छ ।
अस्पतालमा उनलाई भेट्न बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसदसमेत रहेका केएमसी अस्पतालका सञ्चालक सुनील शर्मालगायतको टोली पुगेको थियो ।
अस्पतालकी डाइरेक्टर डा मीना थापाले घाइते शाक्यको अवस्थामा सुधार आइरहेकाले डिस्चार्जको तयारी भएको जानकारी दिइन् ।
‘उपचार त उहाँको जारी रहन्छ, तर अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन, घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ,’ उनले भनिन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.