नेपालले सटही सुविधा नदिँदा ६ दर्जन भारतीय टीभी च्यानल बन्द

  २०८१ साउन १७ गते १७:५९     विकासन्युज

काठमाडौं । नेपालले रोयल्टी भुक्तानीका लागि सटही सुविधा नदिँदा करिब ६ दर्जन भारतीय टीभी च्यानल बन्द भएका छन् ।

बुधबार रातिदेखि नेपालमा प्रसारण हुँदै आएका ७० वटा भारतीय च्यानल बन्द भएका हुन् ।

केबुल टेलिभिजन महासंघका अनुसार सरकारले टेलिभिजन हेरेअनुसाको शुल्क लाग्ने व्यवस्था (अलाकार्ट) लागु गरेको र कार्यविधि बनाउन गरेको ढिलाइका कारण टेलिभिजनहरूले पैसा पठाउन नसकेका कारण यी ७० वटै भारतीय च्यानल काटिएको जनाएको छ ।

नेपालले सेवा प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क तिर्न नसकेका कारण भारतका मुख्य चार टिभी च्यानल प्रसारण कम्पनीहरू स्टार, सोनी, जी र कलर्सबाट आउने सबै च्यालन काटिएको महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए ।

यी काटिएका ४ वटा भारतीय च्यानलमा कलर्सको ८ वटा, जीको १२ वटा, सोनीको १८ वटा र स्टारको ३२ वटा च्यानल  नेपालमा प्रसारण हुन्थ्यो ।

डिस्ट्रिब्युटरले सटही सुविधा नपाउँदा पैसा बाहिर लैजान नपाएको कारण भारतीय टेलिभिजन च्यानल बन्द भएको संघले जनाएको छ ।

सरकारले २०७९ चैत १५ बाट अलाकार्ट प्रणाली लागु गर्ने निर्णय गरे पनि वितरकहरूले विदेशी टीभी च्यानललाई रकम भुक्तानी गर्नका लागि हालसम्म सटही सुविधा भने पाएका छैनन् ।

हाल वितरक, सेवा प्रदायक केबुल कम्पनी र सरकारबीच अलाकार्ट कार्यान्वयनबारे विवाद जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.