उज्वेकिस्तानको जीडीपी सय बिलियन अमेरिकी डलर माथि

  २०८१ साउन २० गते ९:५०     विकासन्युज

काठमाडौं । उज्वेकिस्तानको जीडीपी सय बिलियन यूएस नाघेको छ । इतिहासमा पहिलो पटक सय बिलियन अमेरिकी डलर माथि पुगेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र उज्वेकिस्तानका विभिन्न मन्त्रालय र एजेन्सीहरूको सहभागितामा तास्कन्दमा भर्खरै भएको बैठकमा आईएमएफले २०२३ मा उज्वेकिस्तानको नाममात्र सकल घरेलु उत्पादन १२५.६ ट्रिलियन सोम (१०.७ अर्ब अमेरिकी डलर) ले बढेको अनुमान गरेको छ ।

उज्वेकिस्तानको तथ्यांक निकायको सहयोगमा सेन्टर फर इकोनोमिक रिसर्च एण्ड रिफम्र्स (सीईआरआर) ले कार्यक्रम आयोजना गरेको हो । सीईआरआरका निर्देशक ओबिद खाकिमोभले लुकेका भण्डारहरू पहिचान गर्न र प्रभावकारी सार्वजनिक नीति विकास गर्ने उपकरणको रूपमा अनौपचारिक र छाया अर्थतन्त्रको सांख्यिकीय मूल्यांकनको महत्त्वलाई जोड दिए ।