सलिकोले माग्यो २ दर्जन बढी कर्मचारी

  २०८१ साउन २० गते १८:३०     विकासन्युज

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि २ दर्जन भन्दा बढी कर्मचारी माग गरेको हो ।

कम्पनीले एक्चुअरीयल एनालिष्ट एक जना, बजार व्यवस्थापक तथा सहायक व्यवस्थापक ५ जना र बजार सहायक व्यवस्थापक पदका लागि १० जना कर्मचरी माग गरेको हो । यसैगरी, बजार व्यवस्थापन डिपार्टका लागि सिनियर अफिसर, अफिसर र जुनियर अफिसरका लागि पनि केही कर्मचारी आवश्यक रहेको कम्पनीले जनाएको छ । सोहि डिपार्टमा जुनियर एसिस्टेन्ट, एसिस्टेन्ट र सिनियर एसिस्टेन्ट आवश्यक रहेको कम्पनीले उल्लेख गरेको छ ।

यसैगरी डु नट केयर डेभलपमेन्ट पदका लागि २ र कृषि प्राविधिक ३ जना कर्मचारी आवश्यक रहेको कम्पनीले उल्लेख गरेको छ । कृषि प्राविधिक भने भोजपुर, मुगु र जाजरकोट शाखाका लागि कर्मचारी आवश्यक रहेको जनाइएको छ । जसका लागि एसईई वा सो सरहको शैक्षिक योग्यता हालिस गरेको र जेटीए पास गरेको हुनुपर्ने उल्लेख छ । अन्य पदका लागि स्थानक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुकले कुमारी जब डटकमको इमेइलमा अनलाईनबाट नै आवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.